
काठमाडौँ– शाओमी नेपालले ‘एमआई राउटर फोर सी’ को नयाँ संस्करण सार्वजनिक गरेको छ। पहिलाको भन्दा कम मूल्यमा विभिन्न फिचरहरु जोडेर नयाँ राउटर सार्वजनिक गरिएको हो।
सकेसम्म धेरै ग्राहकहरुलाई इन्टरनेटसँग जोड्न र समस्या बिना नै नेटवर्क खोज्न नयाँ संस्करण सार्वजनिक गरेको कम्पनीले जनाएको छ।
सार्वजनिक भएको नयाँ राउटरमा ४ ओटा एन्टिना रहेका छन्, जसलाई ६४ ओटा स्मार्ट डिभाइसहरुसँग एकैसाथ जोड्न सकिन्छ। यो राउटरले २.४ गिगाहर्ज वाइफाइ ब्याण्ड सपोर्ट गर्छ।
साथै यस राउटरमा १६ एमबी नोर फ्ल्यास रोम र ६४ एमबी डिडिआरटू र्याम छ, जसले ६४ वटै डिभाइसमा इन्टरनेट कनेक्ट गराउँछ। यस राउटरले ३०० एमबिपिएससम्म वायरलेस स्पिड दिनेछ।
यस्तो छ ‘एमआई राउटर फोर सी’को मूल्य
सन् २०२० को जुलाईमा यो राउटर सार्वजनिक हुँदा मूल्य २ हजार ३ सय रुपैयाँ थियो। तर शाओमी नेपालले यसको नयाँ मूल्य १ हजार ५ सय ९९ रुपैयाँ तोकेको छ।
शाओमीले बिना आर्थिक समस्या इन्टरनेटमा सबैको पहुँच होस् भन्ने उद्देश्यले यो राउटरलाई सार्वजनिक गरेको जनाएको छ।
हाल उक्त राउटर शाओमीका शोरुमहरुमा उपलब्ध छ। छिट्टै अनलाइन पसल दराज र सस्तो डिलमा उपलब्ध हुने कम्पनीले जानकारी गराएको छ।