मौसमी रुघाखोकीले दैलेखमा एउटै विद्यालयका ३ सयभन्दा बढी विद्यार्थी बिरामी

मौसमी रुघाखोकीले दैलेखमा एउटै विद्यालयका ३ सयभन्दा बढी विद्यार्थी बिरामी
+
-

सिमकोट– दैलेखमा भाइरल फ्लु अर्थात् मौसमी रुघाखोकी र ज्वरोबाट एउटै विद्यालयका ३ सय विद्यार्थी बिरामी भएका छन्। नारायण नगरपालिका– ५ धिताहको नवदुर्गा आधारभूत विद्यालयमा विद्यार्थी बिरामी परेका हुन्।

प्रधानाध्यापक घनश्याम रेग्मीका अनुसार आइतबार, सोमबार र मंगलबार गरी ३ सय ३५ जना विद्यार्थी बिरामी परेका छन्। विद्यार्थीमा उच्च ज्वरो आउने, रिँगटा लाग्ने, टाउको दुख्नेजस्ता लक्षण देखिएका छन्।

विद्यार्थी बिरामी पर्न थालेपछि बुधबारदेखि तीन दिनसम्मका लागि विद्यालय बन्द गरिएको छ। विद्यार्थी बिरामी परेको खबरपछि जिल्ला जनस्वास्थ्य सेवा कार्यालयबाट स्वास्थ्यकर्मीको टोली गाउँमै पुगेको स्वास्थ्य शिविर चलाएको छ।

चेकजाँच गराउँदा अधिकांश विद्यार्थीमा भाइरल फ्लु देखिएको जनस्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी थिरप्रसाद रेग्मीले बताए।

विद्यार्थी बिरामी परेको थाहा पाएपछि गाउँमै स्वास्थ्य शिविर चलाएको र ६० प्रतिशत विद्यार्थीमा चेकजाँच गर्दा भाइरल फ्लु देखिएको उनले बताए। कार्यालयले जिल्ला अस्पतालका डा. विवेक गुरुङको नेतृत्वमा शिविर चलाएको छ।

अहिलेसम्म समुदायमा भने भाइरल फ्लु देखिएको छैन।बिरामी परेका सबै विद्यार्थीको पीसीआर परीक्षणसमेत गरिने भएको छ। बिरामी भएको सबै विद्यार्थीको बिहीबार कोरोना परीक्षण गर्ने तयारी गरिएको छ।

बिहीबार गाउँमै एन्टिजेन प्रविधिबाट कोरोना परीक्षण गरिने छ। भाइरल फ्लु नियन्त्रणमा आएपछि मात्रै विद्यालय खोल्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन्। मौसम परिवतर्नका कारण हुने भाइरल फ्लु निको हुन समय लाग्ने स्वास्थ्य कार्यालयले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?