
सिमकोट– हुम्लामा ६ दिनदेखि अवरुद्ध भएको एडिएसएल टेलिफोन र इन्टरनेट सेवा सञ्चालनमा आएको छ।
कालिकोटको महावु लेकमा रहेको नेपाल टेलिकमको टावरमा खराबी आउँदा ६ दिनदेखि अवरुद्ध बनेको सेवा मर्मतपछि बिहीबारदेखि पुनः सञ्चालन भएको छ।
इन्टरनेट सेवा अवरुद्ध हुँदा मर्कामा परेका सेवाग्राहीलाई सहज भएको छ।
महावुमा स्थापना भएको रिपिटर टावरमा खराबी आएपछि टेलिकमको इन्टरनेट र ल्यान्डलाइन सेवा अवरुद्ध भएको थियो।
प्राविधिक टोलीले महावु पुगेर मर्मत गरेर उक्त सेवा सञ्चालनमा आएको नेपाल टेलिकम शाखा कार्यालय सिमकोटले जानकारी दिएको छ।
हुम्लामा ८६ ल्यान्डलाइन टेलिफोन लाइनबाट इन्टरनेट सेवा प्रदान गरिएको छ। टेलिकमको नमस्ते र सिडिएमए सेवामा पनि आवाज नसुनिने समस्या देखिएको छ।