मेलम्चीको पानी आइतबारदेखि वितरण गरिने

मेलम्चीको पानी आइतबारदेखि वितरण गरिने
+
-

काठमाडौँ– मेलम्ची खानेपानी आयोजना तथा पानी वितणको जिम्मा पाएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले मेलम्चीको पानी आइतबारदेखि वितरण गर्ने भएको छ। खानेपानी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले पुरानै संरचनाबाट मेलम्चीको पानी वितरण गरिने जानकारी दिए।

शुक्रबारदेखि सुन्दरीजलबाट खानेपानी छोडिएको थियो।परीक्षण सफल भएपछि आयोजनाले धारा–धारामा पानी पठाउन लागेको हो। उनका अनुसार आइतबार १० बजे पानी ट्यांकीमा आइपुग्नेछ।

उनले भने, ‘महांकाल चौर, मीनभवन, अनामनगर बाँसवारी, बालाजु र महाराजगन्जस्थित पानीपोखरीमा रहेका रिजभ ट्यांकीमा पानी जान्छ त्यसपछि हाम्रो प्लानिङअनुसार आइतबार १० बजेसम्म ट्यांकीमा पानी आइपुग्छ अनि वितरण सुरु गछौँ।’

उनले पानी वितरणका लागि खुमलटारको नयाँ ट्यांकीको पनि प्रयोग गरिने बताए। पहिलो चरणमा चक्रपथभित्र र आसपासका झण्डै दुई लाख धाराका उपभोक्ताले मेलम्चीको पानी पिउन पाउने उनले जानकारी दिए।

उनका अनुसार पुरानै पाइपलाइनका १ लाख ८० हजार धारामा पानी पठाइनेछ। उनले दुई चरणमा गरी १७ करोड लिटर पानी वितरण गरिने पनि बताए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?