
काठमाडौँ – एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले दोस्रोपटक प्रष्टीकरण पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन्।
ओलीले पार्टी हित विपरीत काम गरेको भन्दै सोमबार दोस्रोपटक २४ घण्टाभित्र जवाफ दिन भन्दै उनलाई प्रष्टीकरण सोधेका थिए।
जवाफमा पाण्डेले ओलीले कंगारु अदालतको अभ्यास गरेको, पार्टीलाई राजनीतिक, वैचारिक र सैद्धान्तिक रुपमा असफल भएको प्रष्टीकरण पत्रमा उल्लेख गरेका छन्। यसअघि मंगलबार नै घनश्याम भुसालले पनि प्रष्टीकरण बुझाएका थिए।
पाण्डेले प्रष्टिकरणपत्रमा उल्लेख गरेका छन्, ‘तपाईंको तथाकथित ‘स्पष्टिकरणसहित लिखित जवाफ’ को मागले तपाईं ‘कङ्गारु अदालत’ को अभ्यास गर्दै हुनुहुन्छ भन्ने कुरा प्रथम दृष्टिमै प्रमाणित भएको छ। शत्रुलाई पठाईएको जस्तो तपाईँको पत्रको जवाफ लेखिरहनु आवश्यक थिएन अर्थात् तपाईँले पठाउनु भएको मिथ्या पत्रका बारेमा स्पष्टिकरण दिनु पर्ने त हुँदै होइन, कुनै पनि उत्तरसमेत लेख्न जरुरी छैन तर तपाईँले लगाउनु भएका आरोपहरु कति पूर्वाग्रही छन् र तपाईँका दावीहरु कति झूठा छन्।’
नेता पाण्डेले बुझाएको नौ पृष्ठ लामो प्रष्टीकरण पत्र जस्ताको तस्तै: