
काठमाडौँ– नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विधान विपरीत काम गरेको आरोपसहित ६ महिनाको निलम्बन पत्र थमाएपछि त्यसको प्रतिक्रियामा नेता घनश्याम भुसालले ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केही नदेख्ने गरेको आरोप लगाएका छन्।
उनले ओलीको निलम्बन पत्र पाएपछि सामाजिक सञ्जालमा ओलीलाई ‘म बस्न नपाउने कुर्सी भाँचिदिन्छु’ भन्ने अभिव्यक्ति ओली आफैले कबुल गरेको जीवनदर्शन भएको आरोप लगाएका छन्।
उनले ओलीको गल्तीका लागी माफीसमेत मागेका छन्।
असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केहि नदेख्ने बनाएको छ । ‘म बस्न नपाउने कुर्ची भाँची…
Posted by Ghanashyam Bhusal – घनश्याम भूसाल on Thursday, April 1, 2021