
झापा – नेपाली कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहले नेपाली कांग्रेसले राम्ररी खुट्टा नटेकेकाले नेपाली राजनीतिमा पटक/पटक समस्या रहेको बताएका छन्।
नेपाल प्रेस युनियन झापा शाखाले बिहीबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले कांग्रेसको नेतृत्वलाई बलियो बनाउने हो भने आगामी १४ औं महाधिवेशनमा गतिलो नेतृत्व चुनिनुपर्ने बताए।
संसदमा कांग्रेसको २५ प्रतिशत संख्यासमेत नभएकाले अविश्वासको प्रस्ताव आफ्नो पार्टीले नल्याएको उनले स्पष्ट पारे।
एमाले, नेकपा माओवादी केन्द्र र जसपाका कारण अहिलेको समस्या भएको उनले तर्क गरे। नेपालका कम्युनिस्ट पार्टीले अस्थिरता लम्ब्याएको उनको टिप्पणी थियो।
सिंहले जनताले दिएको मत कम्युनिस्टले पटक–पटक लत्याएको बताए।
उनले कम्युनिष्टकै कारण संस्थागत हुन लागेका उपलब्धिसमेत खेर गएको दाबी समेत गरे।