हुम्लामा घट्यो इन्धनको मूल्य

हुम्लामा घट्यो इन्धनको मूल्य
+
-

हुम्ला – जिल्लाका दक्षिणी क्षेत्रका गाउँपालिकामा यातायात सञ्चालनमा आएपछि इन्धनको मूल्य घटेको छ।

कर्णाली करिडोरसँग हुम्ला जिल्लाका ताँजाकोट, अदानचुली र सर्केगार्ड गाउँपालिका जोडिएर सडक यातायात सञ्चालनमा आएपछि इन्धनको मूल्य घटेको व्यापारी धनराज शाहीले बताए।

उनका अनुसार गाढीबाट सर्केगार्डसम्म इन्धन ढुवानी भएर आउन थालेपछि मूल्य घटेको हो । दक्षिणी क्षेत्रका गाउँपालिकामा इन्धनको मूल्य प्रतिलिटर १ सय ५० रुपैयाँ पर्ने गर्छ।

सदरमुकाम सिमकोटमा भने सो इन्धनको मूल्य २ सय रुपैयाँ पर्ने खार्पुनाथ यातायात प्रालिका अध्यक्ष सरोज रावतले बताए।

उक्त इन्धनको मूल्य २३५ रुपैयाँ थियो । त्यसयता महिनैपिच्छे इन्धनको मूल्य घट्ने क्रममा छ।

रावतका अनुसार इन्धनको मूल्य घट्नुको कारण जिल्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएर गाडीबाट ढुवानी भएर आउनु हो। मुगु हुम्ला लिंक रोड पनि चंखेली गाउँपालिकामा जोडिएपछि इन्धनको मूल्य घटेको उनको भनाइ छ।

यसअघि हवाईमार्ग हँुदै सुर्खेत र मुगुबाट खच्चडमा ढुवानी भएर आएको इन्धन प्रतिलिटर ३५० रुपैयाँसम्म पर्ने गथ्र्यो।
हेलिकप्टरबाट ढुवानी गरेर ल्याइएका गाडीका कारण भाडादर भने पुरानै कायम छ।

माथिल्लो हुम्लामा हाल बाह्र वटा बोलेरो, दुई दर्जन ट्र्याक्टर, एक दर्जन टिपर, आधा दर्जन स्काभेटर र एक दर्जन मोटरसाइकल गुड्दै आएका छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?