कर्णाली प्रदेशमा एमालेका तीन मन्त्रीले दिए राजीनामा, सरकार अल्पमतमा

कर्णाली प्रदेशमा एमालेका तीन मन्त्रीले दिए राजीनामा, सरकार अल्पमतमा
+
-

काठमाडौँ – कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका तीनै‌ मन्त्रीहरुले राजीनामा दिएका छन्।

राजीनामा दिने मन्त्रीहरुमा दल रावल, प्रकाश ज्वाला र नन्दसिंह बुढा रहेका छन्। सामाजिक विकास मन्त्री रावलले पार्टी एकताका लागि राजीनामा दिएको बताए। राजीनामा दिने तीनै  मन्त्री एमालेको नेपाल-खनाल पक्षका हुन्।

यसअघि नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले सरकारलाई समर्थन फिर्ता लिने निर्णय गरेको थियो। तर यी तीन मन्त्रीहरु सरकारबाट बाहिरिएका थिएनन्। त्यसपछि एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले तीन दिनभित्र राजिनामा दिन निर्देशन दिएका थिए।

कर्णाली प्रदेशमा माओवादी केन्द्र नेतृत्वको सरकार छ। कर्णाली प्रदेशको सरकार गठनमा माओवादीलाई एमालेले साथ दिएको थियो।

यी दुईवटा पार्टी पछि एकीकरण भएपनि  सर्वोच्च अदालतको फैसलापछि पुरानै अवस्थामा फर्किएका छन्। एमालेका मन्त्रीहरुले राजीनामा दिएसँगै महेन्द्रबहादुर शाही नेतृत्वको कर्णाली प्रदेश सरकार अल्पमतमा परेको छ।

केन्द्रीय सरकारमा  माओवादीले समर्थन फिर्ता लिन सक्ने चर्चा चलिरहेका बेला माओवादी नेतृत्व रहेको प्रदेश सरकारमा एमालेबाट मन्त्री भएकाले राजीनामा दिनेक्रम सुरु भएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?