स्कटल्यान्डद्वारा नेपाललाई ९८ रनको लक्ष्य, सन्दीपले लिए ४ विकेट

स्कटल्यान्डद्वारा नेपाललाई ९८ रनको लक्ष्य, सन्दीपले लिए ४ विकेट
+
-

स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी-२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली विरुद्ध सहज लक्ष्य प्राप्त गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड २ बल अघिनै अलआउट हुँदै ९७ रनमा समेटियो।

नेपालको उत्कृष्ट बलिङमा सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै ११ रन खर्चिएर ४ विकेट लिए। त्यस्तै करण केसी र दिपेन्द्र सिंह ऐरीले समान २-२ विकेट लिंदा ललित राजवंशीले १ विकेट हात पारेका थिए।

नेपाल विरुद्ध सुरुवातबाटै धर्मराएको स्कटल्यान्डको इनिङ सुरुवाती २४ रन जोड्दै ५ विकेट गुमाउन पुगेको थियो। त्यसपछि छैटै विकेटका लागि माइकल लिस्क र कप्तान म्याथ्यु क्रसले ३९ रनको साझेदारी गरे। उक्त साझेदारी लामिछानेले तोड्दै पुन स्कटल्यान्डलाई धरासायि बनाए। उनले कप्तान क्रसको विकेट सहित २ बलमा २ विकेट लिएर पुन नेपाललाई खेलमा फर्काए। उनले तीन खेलाडीलाई बोल्ड गर्दा स्यान सरिफलाई एलबिडब्लु आउट गरे।

स्कटल्यान्डका लागि लिस्कले ४६ बलमा ४६ रन बनाउनु बाहेक अन्यको प्रदर्शन सम्झना योग्य रहेन्। उनी बाहेक कप्तान क्रसले १५ रन बनाउँदा ब्रान्डन म्याकमुलमको १० रन थप दोहोरो स्कोरका रुपमा रह्यो।

आजको खेलमा नेपालका बलर करण केसीले आफ्नो १ सयौं विकेटको कोसेढुङ्गा समेत पुरा गरे। नेपाल केही समय पछि जवाफि ब्याटिङका लागि मैदान उत्रिंदै छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…