जिल्लालाई राष्ट्रिय प्रशारण लाइनमा जोड्न हुम्लाबासीको माग

जिल्लालाई राष्ट्रिय प्रशारण लाइनमा जोड्न हुम्लाबासीको माग
+
-

सिमकोट– हुम्लालाई राष्ट्रिय प्रशारण लाइनसँग जोड्न जिल्लाबासीले माग गरेका छन्।

दैनिक २० घण्टासम्म लोडसेडिङको मार खेप्नुपर्दा उद्योग व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएको भन्दै हुम्लाका उद्योगी व्यापारी तथा स्थानीयले जिल्लालाई राष्ट्रिय प्रशारण लाइनमा जोड्न माग गरेका हुन्।

उद्योगधन्दा र व्यवसाय बन्द गर्न व्यवसायी बाध्य भएपछि जिल्लालाई राष्ट्रिय प्रशारणलाइनसँग जोड्न उद्योग वाणिज्य संघ हुम्लाका अध्यक्ष नाम्ग्याल तामाङले माग गरे।

हिल्दुम् साना जलविद्युत आयोजनाले पानीको श्रोत कम भएपछि दैनिक २० घण्टासम्म लोडसेडिङ गर्न थालेपछि त्यसको विकल्पका रुपमा प्रशारण लाइनसँग जोड्न माग गरिएको उनले बताए।

कर्णाली करिडोरले चार वटा गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालसँग जोडिसकेका कारण प्रशारणलाइन तान्न सहज हुने उनको भनाइ छ।

कालिकोट र जुम्ला जोडिने क्रममा रहेको र मुगु जिल्लालाई जोड्न टेण्डरसमेत आह्वान भइसकेको अवस्थामा अब हुम्ला जिल्लालाई पनि राष्ट्रिय प्रसारणसँग जोड्न उनले जलश्रोत तथा उर्जा मन्त्रालयसँग माग गरे।

जिल्लामा सर्वपक्षीय बैठक बसेर विद्युत प्राधिकरण र मन्त्रालयसँग हुम्ला जिल्लालाई राष्ट्रिय प्रशारणलाइनसँग जोडेर समस्या समधान गर्न माग गरेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए।

फर्निचर लगायतका २० वटा उद्योग विद्युत नहुँदा बन्द हुने अवस्थामा पुगेपछि हिल्दुम् साना जलविद्युतको विकल्प दिन बैठकले माग गरेको उनले बताए।

आन्तरिक रुपमा उत्पादित विद्युत कम र माग बढी भएपछि हुम्लाबासीले विद्युतको समस्या भोग्दै आएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?