
सिमकोट– हुम्लाका सात वटै गाउँपालिकाले पालिकास्तरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने भएका छन्।
सात वटै गाउँपालिकामा चैत २२ गतेदेखि २४ गतेसम्म पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने सिमकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले जानकारी दिए।
उक्त प्रतियोगिताका लागि हाल सबै विद्यालयले खेलाडी छनोट गर्ने कार्य गरिरहेका छन्।
तोकिएको मितिमा जिल्लाका सात वटै गाउँपालिकाले सामुदायिक विद्यालयस्तरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्न जिल्ला खेलकुद विकास समितिले परिपत्र काटेको समितिका अध्यक्ष विनोद बोहराले बताए।
पालिकास्तरको प्रतियोगितामा छनोट भएका प्रतिस्पर्धीले प्रतियोगिता सञ्चालन निर्देशिकामा उल्लेख भएका विधामा प्रतिस्पर्धा गराएर जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउनु पर्नेछ। हुम्ला २३ वटा माध्यमिक विद्यालय छन्।
खार्पुनाथ गाउँपालिकामा भने चैत २० गतेबाट प्रतियोगिता सुरु भएको थियो।