हवाई उद्धार हुन नसक्दा गर्भवतीकाे अकालमै मृत्यु

हवाई उद्धार हुन नसक्दा गर्भवतीकाे अकालमै मृत्यु
+
-

हुम्ला – हवाई उद्धारका लागि हुम्लाको चंखेली गाउँपालिकाले समयमा सिफारिस नदिँदा प्रशव पीडामा रहेकी गर्भवतीको अकालमै ज्यान गएको छ।

तीन दिनदेखि प्रशव पीडा लागेकी चंखेली–५ नेप्का गाउँकी ३७ वर्षीया वेल्कु तामाङलाई थप उपचारका लागि सुर्खेत लैजान ढिलाई भएपछि मृत्यु भएको हो।

स्थानीय मदन तामाङका अनुसार गाउँमा उपचार नहुने भएपछि उनलाई थप उपचारका लागि सुर्खेत लैजाने तयारी गरिएको थियो । तर गाउँपालिकाले समयमै सिफारिस नबनाइ दिँदा हवाई उद्धारको प्रक्रिया मिलाउन कठिन भयो।

गाउँपालिकाका अध्यक्षको फोन अफ भएको र अन्य कर्मचारी सम्पर्कमा नआएका कारण राष्ट्रपति महिला उत्थान कार्यक्रममा प्रक्रिया मिलाउन ढिलाई भएकाले हवाई उद्धार हुन नसकेको हो।

तामाङको स्वास्थ्य अवस्था नाजुक भएको खबर पाउने बित्तिकै आफूले हवाई उद्धारका लागि पहल गरेको भए पनि समयमा गाउँपालिकाको सिफारिस नआएका कारण ज्यान बचाउन नसकेको जनस्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?