हुम्लाको रेडियो श्रीनगरमा तोडफोड

हुम्लाको रेडियो श्रीनगरमा तोडफोड
+
-

सिमकोट– अदानचुली गाउँपालिका–२ मा रहेको रेडियो श्रीनगरमा सोही गाउँपालिकाका स्थानीय युवाहरुले तोडफोड गरेका छन्।

शुक्रबार बेलुका रेडियोमा कोही नभएको मौका पारी यी युवाहरुले एफएम रेडियोमा तोडफोड गरेको रेडियो श्रीनगरका स्टेशन म्यानेजर कालिबहादुर थापाले बताए। ।

रेडियोमा राखिएको ब्याट्री फुटाएको, भर्‍याङ भाँचेको, तारहरु चुडालेको, छतका दाँतीहरु फालेर त्यहाँ राखिएका अन्य सामाग्रीहरुसमेत तोडफेड गरिएको थापाले जानकारी दिए।

उनका अनुसार रेडियो प्रशासनसँग कुनै पनि कुरा नगरी सबै कर्मचारीहरु बाहिर रहेको अवस्थामा इन्टरनेट नखोलेको भन्दै तोडफोड गरिएको हो।

वर्ल्ड लिंक कम्युनिकेशनले गाउँपालिका, सामुदायिक विद्यालय, स्वाथ्यचौकीहरुमा निःशुल्क इन्टरनेट सेवा वितरण गरेपनि त्यहाँ रहेको जनता बैंक र रेडियोहरुलाई निःशुल्क बितरण नगरेको थापाले बताए ।

उनले भने, ‘स्थानीय युवाले वडा कार्यालय, गाउँपालिकाजस्तै रेडियोको इन्टरनेट पनि निःशुल्क हो। इन्टरनेट खुला छोडनु पर्छ भन्दै तोडफोड गरे।’

घटनाको थप छानबिनका लागि रेडियो श्रीनगरले श्रीनगर प्रहरी चौकीलाई उजुरी गरेलगतै आरोपितहरुलाई नियन्त्रणमा लिएको प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कृष्ण बहादुर बुढाले बताए।

प्रहरीले अदानचुली गाउँपालिका–२ श्रीनगरका २१ वर्षीय महेश महतारा, २५ वर्षीय सुवास भण्डारी, २३ वर्षीय जय महतारा र २८ वर्षीय देवीलाल महतारालाई नियन्त्रणमा लिएको छ।

रेडियो सञ्चालन भएको स्थान सदरमुकाम सिमकोटबाट तीन दिनको पैदल दूरीमा रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?