
उखान ठप्प !
कसिङ्गर बढार्दै
दक्षिणी हावा !
हावा चलेको
वर्षौँ भएर के त?
पानी परे पो !
पानी पानीमा
जवानी हासेनछ
खाल्डाखुल्डीमा !
पल्टन्छ नौका
खियाउन जानेपो
खिया लाग्दैछ ।
खिया लागेको
सत्ताको फलाममा
चुम्बक नाच्छ ।
समान ध्रुव
बिकर्षण हुन्छ नि
जस्तैः एकपा !
एकपा हो र?
नेकपा नभए’सि
एक्लै भो ‘कपा’ !
हागाँ लाछिदै
हावाको झोक्का पर्यो
चरा बिचल्ली !
चराको चारा
मालिकले निलेर
बिरामी भयो ।
को छ र स्वस्थ?
कोरोना निल्दै फाल्दै
कुर्सी मुसार्दै !