
काठमाडौँ — पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका लागि सर्वसाधारणलाई पशुपतिनाथ दर्शनमा रोक लगाएको छ।
कोरोना संक्रमण फैलिन नदिन उक्त निर्णय गरेको कोषले जनाएको छ।
‘वैशाख १० गतेबाट अर्को व्यवस्था नभएसम्मका लागि श्री पशुपतिनाथको मन्दिर, गुहेश्वरीलगायत मन्दिरमा नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी व्यवस्था मिलाइएकाले,’ कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ, ‘सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। यसबाट भक्तजनलाई पर्न गएको असुविधाप्रति पशुपति क्षेत्र विकास कोष क्षमाप्रार्थी छ।’