कोरोना त्रासः सिमकोट विमानस्थल र जिल्ला प्रवेश गर्ने नाकामा कडाइ गरिने

कोरोना त्रासः सिमकोट विमानस्थल र जिल्ला प्रवेश गर्ने नाकामा कडाइ गरिने
+
-

सिमकोट–सिमकोट विमानस्थल र जिल्ला प्रवेशका तीनवटा अन्य पैदल मार्गका नाकामा निगरानी बढाइने भएको छ।

हुम्ला प्रवेशका लागि मुख्य स्थान नेपालगञ्ज र सुर्खेतमा कोरोना भाइरसको प्रकोप बढेपछि जिल्लामा सावधानी अपनाउने निर्णयमा पुगिएको हो।

जिल्ला कोभिड क्राइसिस व्यवस्थापन कमिटीको शुक्रबार बसेको बैठकले कोरोना भाइरसबाट बच्न कडिकडाउ रूपमा सावधानी अपनाउने निष्कर्षमा कमिटी पुगेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए।

यसका लागि सिमकोट विमानस्थलमा एक जना चिकित्सकको नेतृत्वमा स्वास्थ्यकर्मी सम्मिलित टोलीले कडा निगरानी तथा चेकजाँच गर्ने व्यवस्था गरिनेछ।

त्यसैगरी, अन्तरप्रदेश जोड्ने ताँजाकोट गाउँपालिकाको कवाडी, सर्केगार्डको बालुकुना, अदानचुल्कीको भिही र चंखेलीको रिमीमा हेल्थ डेस्क तत्काल स्थापना गरी चेकजाँच सुरु गरिने छ।

त्यसैगरी, जिल्लामा प्रवेश गर्ने नागरिकको तीनपुस्ते विवरण, बसोवास गर्ने ठेगाना र सम्पर्क नम्बर अनिवार्य हेल्थ हेस्कमा राखिनेछ। हेल्थ डेस्कमा विवरण राखिएको व्यक्तिलाई पहिलो दश दिनसम्म अनिवार्य स्वास्थ्यकर्मीमा सम्पर्कमा राखिनेछ।

जिल्लास्तरको र अन्य सबै पालिकामा क्वारेन्टिन तथा आइसोलेसन तत्काल स्थापना गरिनेछ।

कोरोना संक्रमण बढिरहेका बेला जिल्ला अस्पतालमा भने तीन बेडको आइसोलेसन र अन्य उपचारका सामग्री नभएको डा. टसी आङ्जु लामाले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?