दुर्लभ अर्ना गणना सकियो, दुई वर्षमा १३ प्रतिशतले बढे

दुर्लभ अर्ना गणना सकियो, दुई वर्षमा १३ प्रतिशतले बढे
+
-

काठमाडौँ – नेपालको पूर्वी भेग कोसीटप्पु आरक्षभित्र मात्र पाइने दुर्लभ वन्यजन्तु जंगली भैँसी (अर्ना ) को संख्या वृद्धि भएको छ।

चैत पहिलो साताबाट सुरु गरिएको अर्ना गणनाको संख्या आइतवार सार्वजनिक गरिएको छ।

सन् २०२१ को गणनामा प्राकृतिक वासस्थानमा ४९८ वटा अर्ना रेकर्ड गरिएका छन्।

सन् २०१८ को गणनामा ४४१ वटा अर्ना रेकर्ड गरिएको कोसी टप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले बताए।

सन् २०१८ को गणनामा भन्दा करिब १३ प्रतिशतले अर्नाको संख्या बढेको उनले बताए।

प्राप्त रेकर्डअनुसार ४९८ मध्ये २२१ वटा वयस्क भाले, १६२ वटा वयस्क पोथी, ४८ वटा अर्धवयस्क, दुई–तीन वर्षको बच्चा ३५ वटा, एकदेखि दुई वर्षको बच्चा ३२ वटा भेटिएका छन्।

जंगली भैँसी (अर्ना) विश्वमा निकै दुर्लभ मानिन्छ । यो वन्यजन्तु प्राकृतिक वासस्थानमा नेपाल, भारत, भुटान, कम्बोडिया र थाइल्यान्डमा मात्र पाइने गरेको छ।

विश्वभरि अर्ना पाइने मुलुकको संख्या हेर्दा नेपालमा यसको संख्या दोस्रो ठूलो झुण्ड मानिन्छ । सबैभन्दा बढी भारतको काजिरंगा राष्ट्रिय निकुञ्जमा पाइने गरेको छ।

नेपालमा कोसी टप्पुमा मात्र यसको वासस्थान भएकाल ०३२ सालमा यसको वासस्थानलाई समेटेर कोसी टप्पु वन्यजन्तु आरक्ष घोषणा गरी संरक्षणका काम भइरहेको छ।

०३२ सालमा अर्नाको संख्या ६३ वटा मात्र थियो। आरक्ष घोषणा भएपछि यसको संख्या वृद्धि भएको हो।

पश्चिम तराईतिर पनि यसको वासस्थान विकास गर्ने उद्देश्यले ०७३ सालमा चितवन राष्ट्रिय निकुञ्जमा १३ वटा अर्नाको स्थानान्तरण गरी विशेष खालको वासस्थान बनाई राखिएका छन् भने दुई वटा अर्ना ललितपुरस्थित सदर चिडियाखानामा राखिएको प्रमुख संरक्षण अधिकृत रामले जानकारी दिए।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनका अनुसार संरक्षित प्रजाति, संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धिको अनुसूची ४ मा सूचीकृत तथा आईयूसीएनको अति संकटापन्न सूचीमा पनि यो वन्यजन्तु राखिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?