कोरोनाविरुद्ध सावधानी अपनाउन प्रहरीको अपिल

कोरोनाविरुद्ध सावधानी अपनाउन प्रहरीको अपिल
+
-

सिमकोट– हुम्लामा प्रहरीले सर्वसाधारणलाई सावधानी अपनाउन जनचेतना फैलाउने कार्यक्रम सञ्चालन गरेको छ। अनिवार्य मास्क लगाउनका लागि आदेशात्मक कार्यक्रम आयोजना गरेर प्रहरीले जनचेतना जोगाउने कार्य गरेको हो।

कोरोना संक्रमण बढिरहेको बेला सदरमुकामवासी मास्क नलगाएर जथाभावी निस्कन थालेपछि प्रहरीले यो अभियान सञ्चालन गरेको हो।

हुम्ला भित्रिने हवाईमार्गका मुख्य नाका नेपालगन्ज र सुर्खेतमा कोरोना संक्रमण बढिरहेका बेला हुम्लामा पनि सबैलाई पूर्वसावधानी अपनाउन जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले बताए।

बजारमा मास्क नलगाएर हिँडडुल तथा भीड गर्ने, २५ जनाभन्दा बढी मानिस जम्मा हुने र सामाजिक दूरी कायम गरिएको नपाइएपछि माइकिङ गरेर जनचेतना जोगाउने कार्य भएको हो।

माइकिङबाट सधैँ साबुनपानी प्रयोग गर्न, मास्कको सबै प्रयोग गर्न, शंकास्पद व्यक्ति भेटिएर स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न, कोरोनाको लक्षण मिल्ने रोग लागे स्वास्थ्यकर्मीको सम्पर्कमा रहन सन्देश प्रसारण गरिएको थियो।

मानिसमा कोरोना संक्रमणबारे कुनै डर त्रास नदेखिएको पाइएकोले यो कार्यक्रम आयोजना गरिएको उनले बताए।

पहिलो दिन आदेशात्मक चेतना जोगाउने कार्य भएको र यस्ता कार्य दोस्रो दिनबाट भएर प्रहरी समात्ने र जरिवानासमेत गरिने उनले बताए। साथै, मास्क नलगाएकहरूलाई मास्क पनि वितरण गरिएको थियो।

जनचेतना कार्यक्रम सिमकोट गाउँपालिका–५ र ६ तथा बजार क्षेत्रमा सञ्चालन गरिएको थियो।

कार्यक्रममा जिल्ला समन्वय प्रमुख दानबहादुर रावत, सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामा, प्रहरी नायब उपरीक्षक हेरम्ब शर्मा, सशस्त्र प्रहरी नायब उपरीक्षक गेहेन्द्र भण्डारी, डिएसपी सञ्जीव चौधरीलगायतको सहभागिता थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?