
काठमाडौँ– कतारले बंगलादेश, भारत, नेपाल, पाकिस्तान, फिलिपिन्स र श्रीलंकाबाट आउने यात्रुलाई प्रवेशका लागि नयाँ मापदण्ड तोकेको छ।
जसअन्तर्गत यी देशका यात्रुले १० दिनको अनिवार्य क्वारेन्टाइन बस्नु पर्नेछ।
तत्कालको यस मापदण्डका कारण डिस्कभर कतारले सबै देशका ग्राहकको अप्रिल २९ देखिका होटल बुकिङ रद्द गर्नु पर्नेछ र बुकिङ भएका सबैले पुनः बुकिङ गर्नु पर्नेछ।
कम्पनीले रद्द भएका सबै बुकिङको पूरा रकम फिर्ता गर्दै पुष्टिका लागि इमेल गर्नेछ जसमा देश अनुसारका ग्राहकलाई पुनः बुकिङको प्रक्रियाबारे जानकारी पनि गराउनेछ।