लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा
+
-

बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन्।

पोखरेलले प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवसमक्ष राजीनामा बुझाएका हुन् । राजीनामा स्वीकृत भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

उनीविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए।

उनीविरुद्धको अविश्वासको प्रस्ताव आज प्रदेश सभामा पेश हुन लागेको छ। प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्न लागेको छ। उनले प्रदेश सभाको बैठक बस्नु अघि नै राजीनामा दिएका हुन्।

लुम्बिनीमा नयाँ र बलियो सरकार बनाउन राजीनामा दिएको मुख्यमन्त्री पोखरेलले बताएका छन्। श्रोतका अनुसार जसपा र एमालेको गठबन्धन सरकार बनाउने कसरत भइरहेको छ।

वैशाख ६ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको गठबन्धनले अविश्वासको प्रस्ताव दर्ता गर्दै विशेष अधिवेशन माग गरेअनुसार प्रदेश प्रमुखले आह्वान गरेको प्रदेशसभाको विशेष अधिवेशन आइतबार सुरु हुँदैछ ।

आइतबार दिउँसो १ मुख्यमन्त्री पोखरेलविरूद्ध प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव सदनमा टेबुल हुने कार्यसूचि रहेकोमा उनले त्यसअघि नै राजीनामा दिएका हुन् ।

तीन दलबिच गठबन्धन बनेर अविश्वासको प्रस्ताव दर्ता भए पनि निर्णायक मानिएको जसपाका चार सांसद भने मन्त्री बनेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?