भौतिक पूर्वाधार योजनाको सम्झौता गर्न निर्माणस्थल जानुपर्ने

भौतिक पूर्वाधार योजनाको सम्झौता गर्न निर्माणस्थल जानुपर्ने
+
-

सिमकोट – चालु आर्थिक वर्षका बाँकी भौतिक पूर्वाधार योजनाहरुको सम्झौता गर्न विकासे कार्यालयहरुले निर्माणस्थलमा जानु पर्ने भएको छ।

सदरमुकाम सिमकोटमा मानिसको घुइँचो बढ्न थालेपछि त्यो चाप घटाउन प्रत्येक योजनाको सम्झौता कार्य सम्बन्धित योजना निर्माणस्थलमा गर्न लागिएको हो।

कोरोना संक्रमणको त्रास बढिरहेका बेला गाउँगाउँबाट मानिसहरु प्रदेश सरकार अन्तर्गतका कार्यालयका योजनाहरुको सम्झौता गर्न कार्यालयमा आउन थालेपछि मानिसको भिडभाड सदरमुकाम सिमकोटमा बढेको थियो।

यो भिड घटाउन ती योजनाको सम्झौता गर्न गाउँमै जानु पर्ने निर्णय जिल्ला कोभिड संक्रमण व्यवस्थापन कमिटिले गरेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।

यसो गर्दा मानिसको चहल पहल सदरमुकाममा कम हुने उनले बताए। यसरी भौतिक पूर्वाधारका योजना गाउँमा गएर सम्झौता गर्नुपर्ने कार्यालयहरुमा डिभिजन वन, पूर्वाधार, कृषि, पशु, घरेलु, खानेपानी लगायत छन्।

यी कार्यालयहरुले आफ्ना कर्मचारी पठाएर उपभोक्ताका तर्फबाट समिति गठन र सम्झौता गराएर कार्यालयमा फिर्ता हुनु पर्नेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?