अक्सिजन अभावले बेलझुन्डी कोभिड अस्पतालमा नयाँ भर्ना रोकियो

अक्सिजन अभावले बेलझुन्डी कोभिड अस्पतालमा नयाँ भर्ना रोकियो
+
-

दाङ – तुलसीपुर उपमहानगरपालिका–९ निवासी ४८ वर्षीय पुरुषलाई केही दिन अघि कोरोना विशेष अस्पताल बेलझुन्डीमा भर्ना गरिएको थियो ।

तर, उनको भर्ना गरिएको अर्को दिन मृत्यु भयो । त्यतिबेला अक्सिजन आईपुग्न १५ मिनेट ढिला भएको थियो । अक्सिजन नपाएर उनको मृत्यु भयो ।

अहिले कोरोना विशेष अस्पताल बेलझुन्डिमा अक्सिजन अभाव भएपछि नयाँ भर्ना रोकिएको अस्पतालका व्यवस्थापक द्रोण वलीले बताए ।

‘१०० बेड अस्पताल सञ्चालनमा छ । ५७ जनाको उपचार जारी छ’, उनले भने, ‘अक्सिजनको पर्याप्त र सहज उपलब्धता नहुँदासम्म कसैले पनि बिरामी भर्नाका लागि सिफारिस र दबाब नदिनुहोला । थप बिरामी भर्ना गर्नु भनेको उपचारमा रहेका अन्य बिरामीको ज्यान जोखिममा पार्नु हो ।’

जिल्लामा अक्सिजन उत्पादन नहुँदा नेपालगञ्जबाट ल्याउनुपर्ने बाध्यता छ । नेपालगञ्जमा अक्सिजनको माग थेग्न गाह्रो छ ।

‘एक छिन ढिलो भयो भने बिरामीको ज्यान जोखिममा पर्छ’ वलीले भने, ‘अक्सिजनको व्यवस्थापनमा स्थानीय सरकार, प्रदेश सरकार, केन्द्र सरकारले ध्यान दिनुपर्‍यो ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?