मोबाइल नम्बर गलत दिँदा ट्रेसिङ गर्न कठिनाइ

मोबाइल नम्बर गलत दिँदा ट्रेसिङ गर्न कठिनाइ
+
-

सिमकोट – नेपालगञ्ज र सुर्खेतबाट हवाईमार्गमा आएका यात्रुले आफ्नो सम्पर्क नम्बर गलत दिँदा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई ट्रेसिङ गर्न कठिनाइ भएको छ।

सिमकोट विमानस्थलमा सम्पर्क नम्बर टिपाएका यात्रुले सम्पर्क गर्न अर्को व्यक्तिसँग सम्पर्क हुन थालेपछि सुरक्षाकर्मीलाई ट्रेसिङ गर्न कठिन भएको हो।

वैशाख १४ गतेबाट २० गतेसम्म हुम्ला आएका आधा यात्रुले सिमकोट विमानस्थलको हेल्थ डेस्कमा सम्पर्क नम्बर गलत दिँदा उनीहरूको ट्रेसिङ गर्न कठिन भएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए।

सो अवधिमा हुम्लामा ३३६ जना यात्रु हवाईमार्गबाट आएका थिए। कुन हवाई मार्गबाट हुम्ला भित्रिएका यात्रुमध्ये १५० जनासँग ट्रेसिङ गर्दा उनीहरू हाल स्वस्थ रहेको तर अन्य व्यक्तिसँग सम्पर्क गर्दा फरक नम्बर पर्ने गरेकाले कठिन भएको उनले बताए।

स्वास्थ्यजस्तो संवेदनशील विषयमा ख्यालठट्टा नगर्न र सबैलाई जिम्मेवार बन्नसमेत उनले आग्रह गरेका छन्। हुम्लामा कोरोना भित्रिने भनेकै जिल्ला बाहिरबाट आउने यात्रु भएकाले उनीहरू सबै संवेदनशील हुनुपर्ने उनको भनाइ छ।

हुम्ला भित्रिने व्यक्तिमध्ये वैशाख १६ गते आउने र १७ गते आउने यात्रुको सम्पर्क नम्बरसमेत एउटै भएकाले काम गर्न स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई समस्या भएको उनले बताए।

यो पनि पढ्नुहोस्

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?