निषेधाज्ञाका बेला सिमकोट विमानस्थलमा खाद्यान्न आइपुग्यो

निषेधाज्ञाका बेला सिमकोट विमानस्थलमा खाद्यान्न आइपुग्यो
+
-

सिमकोट– निषेधाज्ञाका बेला खाद्यान्न ढुवानी सुरु भएपछि सिमकोट विमानस्थलको जताततै खाद्यान्न भरिएको छ। निषेधाज्ञा जारी रहेको बेला नेपालगञ्ज र सुर्खेतबाट ढुवानी भएको खाद्यान्न गोदाममा सार्न नपाइने निर्णय भएको कारण विमानस्थलमा खाद्यान्न भरिभराउ भएको हो।

जिल्लामा निषेधाज्ञा जारी रहेका बेला खाद्यान्न ढुवानी गर्न निजी एयरलाइन्सहरूले दैनिक २३ सम्म उडान भर्न थालेका छन्।

अत्यावश्यक वस्तुभित्र पर्ने खाद्यान्न ढुवानी निषेधाज्ञाका बेला पनि गर्न पाउन सरकारको निर्णयअनुसार हवाई मार्गबाट सडक यातायात नजोडिएको हुम्ला जिल्लामा धमाधम खाद्यान्न ढुवानी भएको हो।

कोरोना त्रास बढिरहेका बेला नेपालगञ्ज र सुर्खेतबाट खाद्यान्न ढुवानी सुरु भएपछि दैनिक २३ सम्म उडान हुन थालेका छन्। विमानस्थलबाट बाहिर ढुवानी नगर्ने सर्तमा खाद्यान्न ढुवानी सुरु भएको हो।

हुम्लामा वैशाख २८ गते बेलुका राति १२ बजेसम्म निषेधाज्ञा जारी छ।

सो अवधिभर हवाईमार्गबाट ढुवानी भएको खाद्यान्न विमानस्थलमै राख्न एयरलाइन्स कम्पनी राजी भएपछि खाद्यान्न ढुवानी सुरु भएको थियो।
जिल्लामा खाद्यान्न समस्या नहोस् भन्नका लागि निषेधाज्ञाकाबीच खाद्यान्न ढुवानी सुरु भएको हो।

वैशाख जेठ महिनामा सधैँ जिल्लामा खाद्यान्न समस्या हुने गरेको विगतलाई ध्यानमा राखी यसपालि निषेधाज्ञा सुरु भएपछि पनि खाद्यान्न ढुवानी सुरु गरिएको थियो।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका नायब सुब्बा भरत अधिकारीका अनुसार हाल सात सय क्विन्टल खाद्यान्न विमानस्थलमा स्टक भएको छ। खाद्यान्न ढुवानी हुने क्रम जारी छ। खाद्यान्न सीता र तारा एयरका जहाजले ढुवानी गरिरहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?