
सिमकोट – कोरोना संक्रमण रोकथामका लागि जारी भएको निषेधाज्ञाका बीच हुम्लाका बैंकहरु आजदेखि दैनिक चार घण्टा सञ्चालनमा आउने भएका छन्।
बैंक बन्द हुँदा र एटिएम सेवामा सबै सेवाग्राहीको पहुँच नपुगेको गुनासो आएपछि बैंकहरु दैनिक चारघण्टा सञ्चालन गर्न लागिएको हो।
सेवाग्राहीको माग अनुसार जिल्लाका पाँचवटै बैंक बिहान १० बजेदेखि दिउँसो दुई वजेसम्म खुला रहने प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।
बुधबारदेखि राष्ट्रिय वाणिज्य बैंक, सिटिजन्स बैंक, सांग्रिला बैंक, कृषि विकास र निर्धन उत्थान बैंक सञ्चालन हुने भएका हुन्।
हुम्लामा गत वैैशाख २१ गतेदेखि निषेधाज्ञा जारी छ।