स्वास्थ्य मापदण्ड पालना नगरी बिहेभोज गरेपछि बेहुला पक्राउ

स्वास्थ्य मापदण्ड पालना नगरी बिहेभोज गरेपछि बेहुला पक्राउ
+
-

पर्वत – जलजला गाउँपालिका–२ मा निषेधाज्ञाका समयमा बिहे भोज चलाउने व्यक्ति पक्राउ परेका छन्। कोरोनाको हटस्पट जलजला –२ माझफाँटमा बिहे भोज गर्ने दुई दुलाहा बुधबार पक्राउ परेका हुन्।

सोमबार बिहे गरेका दुई जनाले बुधबार एकै ठाउँमा भीड गरेर भोज चलाएको सूचना पाएपछि प्रहरीले २३ वर्षीय प्रदीप परियार र २४ वर्षीय राजकुमार परियारलाई पक्राउ गरेको छ।

उक्त गाउँमा कोरोनाका सक्रिय संक्रमित ७५ जना छन्।

जिल्ला प्रशासन कार्यालयले बिहे तथा काजक्रियामा १० जना मात्रै सहभागी हुने आदेश जारी गरे पनि बिहेभोजमा ३०–४० गाउँले भेला भएको प्रहरीले जनाएको छ।

प्रहरी पुगेपछि सहभागी भागाभाग भएका थिए। प्रहरीले सबै भागेपछि दुई बेहुलालाई समातेर आवश्यक कारबाहीपछि छाड्ने जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप पौडेलले स्वास्थ्य मापदण्ड पालना नगरी बिहेभोज गरेको पाइएपछि दुवै बेहुलालाई नियन्त्रणमा लिइएको बताए।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष