
काठमाडौँ – नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र उनीसँग असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार दिउँसो चार बजे भन्दा अगावै वार्ता हुने भएको छ।
उच्च स्रोतका अनुसार उनीहरुको वार्ताको स्थान गोप्य राखिएको छ। राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दलहरुलाई दिएको भाका सकिन केही घण्टा मात्रै बाँकी रहेका बेला ओलीले नेपाललाई फकाउने तीव्र प्रयास गरेका छन्।
तर नेपालको माग पूरा गर्न ओली तयार नहुने आकंलन गरिएको छ। आफना माग पूरा गर्न ओली तयार नभए आफूहरुले राजीनामा दिने र नयाँ पार्टी गठन गर्ने नेपाल पक्षका नेता भीम रावलले बताइसकेका छन्।
नेपाल पक्षले फागुन २८ गते आफू पक्षीय पदाधिकारीलाई जिम्मेवारी मुक्त गर्ने ओलीको निर्णय फिर्ता हुनुपर्ने माग अघि सारेको छ।