हुम्लामा दुई दिनमा १३ जना कोरोना संक्रमित थपिए

हुम्लामा दुई दिनमा १३ जना कोरोना संक्रमित थपिए
+
-

सिमकोट– हुम्लामा दुई दिनमा १३ जना कोरोना संक्रमित थपिएका छन्। जिल्ला अस्पताल र ताँजाकोट गाउँपालिकाका विभिन्न वडामा एन्टिजेन किटबाट गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो।

वैशाख २९ र ३० गते ताँजाकोट गाउँपालिकाका पाँच वटै वडामा एन्टिजेन किटबाट गरिएको कोरोना परीक्षणमा १० जना संक्रमित देखिएका हुन्।

ताँजाकोट गाउँपालिका पाँच वटै वडामा ३५ जनामा कोरोना परीक्षण गर्दा १० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको मैला स्वास्थ्य चौकीका इन्चार्ज धनराज ढकालले बताए। कोरोना संक्रमतिमध्ये दुई जना जिल्ला बाहिरबाट आएका र अन्य ६ जनामा बाहिरबाट मानिस आएका घरका मानिसमा कोरोना देखिएको उनले बताए।

सबैभन्दा वडा नम्बर ४ को पाड्नीबाडामा ६ जनाको परीक्षण गर्दा चार जनामा कोरोना देखिएको र अझै अक्सिजन लेबल कम भएका ३० जनाको परीक्षण गर्न बाँकी रहेको उनले बताए।

केही समय अगाडिदेखि उक्त गाउँपालिकामा कोरोना संक्रमणको लक्षणसँग मिल्ने बिरामीको संख्या बढ्दै गएको थियो।

यता, बुधबार र बिहीबार जिल्ला अस्पतालमा गरिएको परीक्षणमा तीन जना संक्रमित देखिएको अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले बताइन्। बिहीबार कोरोना पुष्टि भएका खार्पुनाथ गाउँपालिकाका शिक्षा संयोजक छन्।

बुधबार दुई जनामा कोरोना देखिएको थियो। यो सहित जिल्ला अस्पतालमा कोरोना पुष्टि भएकाको संख्या १८ पुगेको छ। जिल्लामा कोरोना संक्रमितको संख्या भने २८ पुगेको छ।

संक्रमितमध्ये आठ जना कोरोना जितेर घर फर्किएका छन्। बाँकी २० जनाको स्वास्थ्य अवस्था सामान्य रहेको अनमी बोहराले जानकारी दिइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?