
मिसन धक्का!
कमिसन थ्यो पक्का?
डुबेन चक्का!
बालुवा पेल्दै
तेल निस्कियो प्रभु?
तोरी न पिना ।
तोरीको फूल !
गान्धारी पट्टीभित्र
लाजनीतिमा।
सुख हरण ?
ठाकुर जी कम्पनी
शिव-शरण !!!
लक डाउन !
खसीबजार बन्द !!
नौ बजिसक्यो !
प्रेज्युडिस रे!
आइडियलोजिकल्
आज अर्कै भो।
हराउनु भो?
‘बा’ ले हराउनु भो ।
हार-जीत भो!
केको बधाई ?
मिलेर खाऊ ख्वाऊ ।
लास कुल्चेर ।
टाट पल्टियो
अब के खान्छौ भन?
हावाको सर्को?
श्वास रित्तिँदै…
ठूलो बेलुन फुक
उत्सव गर !