व्यङ्ग्य गजल

धार्नी पुग्यो बिसौलीको

धार्नी पुग्यो बिसौलीको
+
-

फेरौँ तुलो भनि ताते काँटा सर्‍यो आखिर
धार्नी पुग्यो बिसौलीको घाटा पर्‍यो आखिर।।

देखाइ देखाइ चपाए भोक लागेको झोकमा
लड्डु निल्दा गानो गोला बायु भर्‍यो आखिर।।

पछार्नलाई दौड धुप गरे ग्वार मागी मागी
चोट पायो आफ्नै नाकले मेख मर्‍यो आखिर।।

आफ्नो भागमा आयो भनी गन्ती गर्न थाले
हरियो घाँस उता देख्यो उतै चर्‍यो आखिर।।

लाठे भारि नपुग भयो म्याद सकियो उता
सपनाको मेचले गर्दा निन्द्रा हर्‍यो आखिर।।

खेल खेल्दा झेल गर्ने ठाडो घोप्टो उस्कै
च्याँखे थाप्ने पाखा लागे गर्नु गर्‍यो आखिर।।

खाउँला भनि जम्मा भए बोटको वरिपरि
फल नपाकि सडेर भुइँमा झर्‍यो आखिर।।

कोही देखिएन चतुरोको दाउ पेच जान्ने
आफैँले डाके खड्गो आफै टर्‍यो आखिर।।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?