हुम्लाका तीन गाउँपालिकामा फैलियो कोरोना

हुम्लाका तीन गाउँपालिकामा फैलियो कोरोना
+
-

हुम्ला– लामो समय ग्रीन जोनका रुपमा रहेको हिमाली जिल्ला हुम्लाका तीन वटा गाउँपालिकामा एकसाथ कोरोना संक्रमण फैलिएको छ। कोरोनासँग लक्षण मिल्ने बिरामी बढेपछि परीक्षण गर्दा संक्रमण फैलिएको पुष्टि भएको हो।

दुई दिन परीक्षण गर्दा १८ जना कोरोना संङ्क्रमित देखिएको ताँजाकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले बताए। उक्त गाउँपालिकाले सबै वडामा बिरामीको संख्या बढेपछि आफ्नै खर्चमा एन्टिजेन किट खरिद गरी कोरोना परीक्षण गरेको हो।

त्यसअघि नेपालगंज र सुर्खेतबाट आएका आठ जना यात्रुको सिमकोट विमानस्थलमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो। त्यसयता दैनिक रुपमा स्वास्थ्य सेवा कार्यालयले कोरोना परीक्षण गर्दा बिरामी संख्या बढिरहेको कार्यालय प्रमुख प्रेम बहादुर सिंहले बताए। उनका अनुसार सिमकोटमा मात्र दश दिनमा १९ जना कोरोना संक्रमित देखिएका छन्।

एकदिन अगाडि एन्टिजेन किट सर्केगार्ड गाउँपालिकामा पुगेको र त्यस लगत्तै परीक्षण गर्दा चार जनामा कोरोना देखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्र शाहीले बताए।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख सिंहका अनुसार जिल्लाका तीन वटा गाउँपालिकामा ४१ जनामा कोरोना संक्रमण देखिएको छ। अब चंखेली र अदानचुली गाउँपालिका पनि कोरोना परीक्षण गर्ने क्रममा रहेको उनले बताए।

समुदायस्तरमा कोरोना देखिएको कारण यसप्रति चिन्ता थपिएको उनले बताए। जम्मा संक्रमितमध्ये एक जनामा स्वासप्रस्वासमा समस्या देखिएपछि हेलिकोप्टरबाट जुम्ला रिफर गरिएको र आठ जनाले कोरोना जितेर घर फर्किएकोले हाल आइसोलेशन वार्ड र होम आइसोलेशनमा ३३ जना संक्रमित रहेको उनले बताए। संक्रमित सबैको अवस्था भने सामान्य रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?