कोरोना कहरः एउटा वडाबाट अर्कोमा जान वडाध्यक्षको सिफारिस अनिवार्य

कोरोना कहरः एउटा वडाबाट अर्कोमा जान वडाध्यक्षको सिफारिस अनिवार्य
+
-

सिमकोट– जिल्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि वडा कार्यालयहरुद्वारा सम्पादन हुने सबै सेवा बन्द गरिएका छन्  दुई वटा वडामा कोरोना परीक्षण गर्दा सात जनाका कोरोना देखिएपछि अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएको हो।

गाउँपालिकाको अगुवाईमा बसेको सर्वपक्षीय बैठकले सबै वडामा जडान गरिएका इन्टरनेट सेवासमेत एक साताका लागि बन्द गरेको गाउँपालिका उपाध्यक्ष सौमती ऐडीले बताइन्। अन्यत्र सो सेवा नभएको र इन्टरनेटको प्रयोगका लागि वडा कार्यालयहरुमा मानिसको भीड लाग्न थालेपछि संक्रमण बढ्न सक्ने निष्कर्ष निकाल्दै गाउँपालिकाले नियन्त्रणका लागि इन्टरनेट सेवासमेत बन्द गरिएको हो।

त्यसैगरि संक्रमणबाट जोगिनका लागि अनिश्चितकालका लागि गाउँपालिकाका सबै सेवा बन्द गरिएको उनले बताइन्। गाउँपालिकाले आयोजना गरेको सर्वपक्षीय बैठकको निर्णयअनुसार तत्कालै लागू हुने गरी गाउँपालिकाका सबै काम बन्द गर्ने निर्णय गरेको हो। गाउँपालिकाले एन्टिजेन किटमार्फत गत शनिबारदेखि सुरु गरिएको परीक्षणमा सात जनामा सक्रमण पुष्टि भएपछि गाउँपालिकालाई सिल गर्ने निर्णय गरिएको हो।

अर्को वडामा जान सिफारिस अनिवार्य


बन्दको समयावधिमा वडा अध्यक्षको सिफारिसमा एक गाउँबाट अर्को गाउँ आउन–जान पाउने निर्णय कार्यान्वयनमा आएको उपाध्यक्ष ऐडी जानकारी दिइन्।

त्यसैगरि आगामी जेठ ९ गतेसम्म गाउँपालिका भित्रका सबै होटेल, पसललाई पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको छ। यो अवधिमा मेसिनले गर्ने काम बाहेक अन्य सबै विकास निर्माणका कामलाई समेत तत्कालका लागि रोक लगाइएको छ।

गाउँपालिकामा किट आउँदै


यसअघि जिल्ला स्वास्थ्य कार्यालयबाट व्यवस्था गरिएका चालीस वटा एन्टिजेन किटबाट कारोना परीक्षण गरिएको थियो।

गाउँपालिकाले आफ्नो लगानीबाट खरिद गरेका उक्त किटहरु सुर्खेतबाट ढुवानी सुरु भएको र अब दुई दिनमा गाउँपालिकामा पुग्ने गाउँपालिकाले जनाएको छ। सो किट आइपुगेपछि परीक्षणको दायरा बढाइने भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?