हुम्लामा निषेधाज्ञा जेठ १५ सम्म थपियो

हुम्लामा निषेधाज्ञा जेठ १५ सम्म थपियो
+
-

सिमकोट– हुम्ला जिल्लामा जारी निषेधाज्ञा आगामी जेठ १५ गतेसम्म थपिएको छ। जिल्लामा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बृद्धि भइरहेपछि निषेधाज्ञालाई एघार दिन थप गरिएको हो।

कोरोना संक्रमण बढिरहेको कारण हाल जारी निषेधाज्ञा एघार दिन थप गरिएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए। सदरमुकाम सिमकोट गाउँपालिकासहित पाँच वटा गाउँपालिकामा फैलिएपछि निषेधाज्ञालाई थप कडा बनाइनेछ।

यसअघि गत वैशाख २८ गतेबाट जारी एक हप्ते निषेधाज्ञा मंगलबार रातिबाट सकिँदै छ। सबै गाउँपालिकातिर एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमित बढिरहेका कारण निषेधाज्ञाको आवश्यकता खड्किएको उनले बताए।

हुम्ला जिल्लामा गत वैशाख २१ गतेबाट निषेधाज्ञा लागु भएको थियो। निषेधाज्ञामा बिरामी र सुरक्षाकर्मी बोकेका सवारी साधन, खाद्यान्न बोकेका सवारीसाधन सञ्चालनमा आउन पाउने छन्।

त्यसैगरि अनुमति लिएर निर्माण सामाग्री बोकेका सवारीसाधन पनि सञ्चालन हुन पाउने छन्। सबै सरकारी तथा सार्वजनिक कार्यालयहरु २५ प्रतिशत कर्मचारीको व्यवस्था गरेर सञ्चालन आउने र बैंकहरु बिहान १० बजेदेखि दिउसो २ बजेसम्म सञ्चालनमा आउने छन्।

हवाई मार्ग हुँदै नेपालगंज र सुर्खेतबाट भित्रिएका आठ जना यात्रुमा कोरोना संक्रमण देखिएपछि हुम्लामा निषेधाज्ञा जारी गरिएको हो।

हवाई मार्गबाट खाद्यान्न, कार्गो र विकास निर्माणका सामानहरु ढुवानी हुन पाउने छन्। यो अवधिमा स्वास्थ्य, शान्ति सुरक्षा, सूचना तथा सञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, खाद्य तथा दुग्ध पदार्थ , औषधि पसल, बैंकको एटिएम सेवा भने सुचारु रहनेछन्।

त्यसैगरि जनस्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालन गरी दैनिक उपभोग्य बस्तु (तरकारी, खाद्य, दुध, ग्यास) पसलहरु बिहान सात बजेदेखि १० बजेसम्म सञ्चालन गर्न पाइने छ। यो अवधिमा हवाई यातायातबाट यात्रुहरु भने आउन पाउने छैनन्। त्योसँगै जिल्लाका दक्षिणी क्षेत्रका कवाडी, बालुकुना र चंखेली नाका समेतबाट सिल गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?