
कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले बुधबार मन्त्री परिषद बिस्तार गर्दै छन् ।
मन्त्रीहरुको शपथ बुधबार नै मुख्यमन्त्रीको निवासमा हुने तयारी छ । मुख्यमन्त्रीले पाँच सांसदलाई मन्त्री बनाउने तयारी गरेका छन् ।
किरण गुरुङ, रामशरण बस्नेत, नरदेवी पुन, विकास लम्साल र राजीव गुरुङ (दीपक मनाङ्गे) मन्त्री बन्न लागेका हुन् । मनाङ्गे काठमाडौँ रहेकाले बुधबार शपथका लागि उपस्थित हुने छैनन् ।