पोखराका विद्यालयमा वार्षिक परीक्षा नहुने

पोखराका विद्यालयमा वार्षिक परीक्षा नहुने
+
-

पोखरा– कोरोना भाइरसको दोस्रो लहरमा बढ्दो संक्रमण दर रोक्न जारी निषेधाज्ञाले पोखराका विद्यालयमा वार्षिक परीक्षा नहुने भएको छ।

पोखरा महानगरपालिका शिक्षा महाशाखाले सूचना प्रकाशन गरेर कोरोना महामारीका कारण भौतिक रुपमा परीक्षा सञ्चालन गर्न असम्भव भएकाले यसपूर्व सञ्चालन भएका त्रैमासिक, अर्धवार्षिक परीक्षा एवं आन्तरिक मूल्यांकनका आधारमा मूल्यांकन गरी नतिजा प्रकाशन गर्न निर्देशन गरेको छ।

पोखराका अधिकांश निजी विद्यालयले निषेधाज्ञा जारीअगावै वार्षिक परीक्षा सञ्चालन गरिसकेको तथा केहीमा परीक्षा सुरु हुने मिति नजिकिँदै लाग्दा निषेधाज्ञा जारी भएपछि स्थगन गरिएको थियो।

महानगरले शैक्षिक सत्र २०७८ को विद्यार्थी भर्ना सम्बन्धी कार्य आगामी असार १ गतेदेखि मात्र सुरु हुने गरी निर्णय भएकाले सोहीबमोजिम गर्न विद्यालयका नाममा सूचनासमेत जारी गरेको छ।

कक्षा ८ को वार्षिक परीक्षाका सम्बन्धमा भने नगरस्तरीय परीक्षा सञ्चालन तथा समन्वय समितिको निर्णयअनुसार हुने गरी अर्को सूचना प्रकाशन गरिने शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले जारी गरेको सूचनामा उल्लेख छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष