म्याक्सिममा म संलग्न छैन-स्वराज

म्याक्सिममा म संलग्न छैन-स्वराज
+
-

काठमाडौँ – उपप्रधानमन्त्री ईश्वर पोखरेलका छोरा स्वराजले वीर अस्पतालले भेन्टिलेटर खरिद प्रकृया अगाडि नबढाएको म्याक्सिम इन्कर्पोरेसन प्रालीसँग आफ्नो कुनै सम्बन्ध नरहेको दाबी गरेका छन्।

विवाद आउन सक्ने भन्दै वीर अस्पतालले म्याक्सिमसँग प्रकृया अगाडि नबढाउनेबारे बिहीबार देश सञ्चारमा समाचार आएपछि स्वराजले खण्डन गर्दै लेखेका छन्, ‘ मेरो कुनै जानकारीमै नरहेको र म आफू संलग्न नै नरहेको कम्पनी म्याक्सिम इन्कर्पोरेसन प्रालीसँग मेरो नाम जोडेर प्रकाशित गरिएको समाचार पूर्णत झुट्टा, कपोकल्पित र सुनियोजित रहेको छ। उक्त कम्पनीको नाम मैले पहिलोपटक सुनेको छु, मेरो संलग्नता हुने त झै परको कुरा हो।’

तर काठमाडौँ महानगरपालिकाको आर्थिकि सहयोगमा वीर अस्पतालले १० भेन्टिलेटर र ५० मनिटर खरिदका लागि म्याक्सिमसँग प्रकृया अगाडि बढाए पनि विवाद आउन सक्ने भन्दै त्यसलाई अन्तिम समयमा रद्ध गरेको थियो।

यस्तो छ खण्डन पत्र

विषयः खण्डन सम्बन्धमा ।

महोदय,
प्रस्तुत विषयमा यस देश सञ्चार डटकम जस्तो प्रतिष्ठित अनलाइनमा वीर अस्पतालको भेन्टिलेटर खरिदमा मेरो नाम जोडेर प्रकाशित समाचारप्रति मेरो गम्भीर आपत्ति र ध्यानाकर्षण भएको छ । मेरो कुनै जानकारीमै नरहेको र म आफू संलग्न नै नरहेको कम्पनी म्याक्सिम इन्कर्पोरेशन प्रालिसँग मेरो नाम जोडेर प्रकाशित गरिएको समाचार पूर्णतः झुट्टा, कपोल्किल्पित र सुनियोजित रहेको छ । उक्त कम्पनीको नाम मैले पहिलोपटक सुनेको छु, मेरो संलग्नता हुने त झनै परको कुरा हो । तर, मेरो नाम जोडेर मसँग कुनै सम्पर्क नै नगरी समाचार प्रकाशित गरिनुले यो सुनियोजित हो भन्ने मेरो ठहर छ ।

मेरो शाख, प्रतिष्ठा एवं व्यक्तिगत चरित्रमा आँच आउने गरी चरित्रहत्या र मानहानी गर्नुका साथै जनमानसमा भ्रम सृजना गर्ने कार्य गरेको, आधारहिन तबरले समाचार बनाई पे्रषित गरेको, तथ्यसत्यको पूर्ण प्रमाण बिना गलत उद्देश्यका साथ प्रकाशित उक्त समाचारको प्रकाशित भएको हुँदा खण्डन गरिदिनुहुन विनम्र अनुरोध गर्दछु । म र मेरो परिवारसँग जोडेर यस्ता समाचार प्रकाशित गर्दा आगामी दिनमा सत्यतथ्य बुझेर प्रकाशित गरिदिनुहुन विनम्र अुनरोध गर्दछु ।

स्वराज पोखरेल
काठमाडौँ

मितिः २०७८ जेठ ६ गते

यो पनि पढ्नुहोस्

उपप्रधानमन्त्री पोखरेलका छोरा संलग्न रहेको कम्पनी थाहा पाएपछि भेन्टिलेटर खरिदबाट पछि हट्यो वीर अस्पताल

उपप्रधानमन्त्री पोखरेलका छोरा संलग्न रहेको कम्पनी थाहा पाएपछि भेन्टिलेटर खरिदबाट पछि हट्यो वीर अस्पताल

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?