
काठमाडौँ- राजधानीको महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टर विशेषगरी हाडजोर्नी तथा चोटपटक लागेकाहरुको उपचार गर्ने अस्पताल हो।
कोरोना भाइरसको दोस्रो लहर आएसँगै राष्ट्रिय ट्रमा सेन्टरलाई अहिले कोभिड–१९ डेडिकेटेड अस्पतालका रूपमा सञ्चालन गरिएको छ।
सरकारको निर्णय अनुसार कोभिड–१९ संक्रमितको उपचारका लागि डेडिकेटेड अस्पतालका रूपमा ट्रमा सेन्टरलाई सञ्चालन गरिएको हो।
त्यहाँ कोरोनाका बिरामीको विशेष उपचार भइरहेको छ। स्वास्थ्यकर्मीहरु उपचारमा खटिइरहेका छन्।
देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहले खिचेका केही तस्बिरहरु: