ओलीले सोधे ११ जना सांसदलाई स्पष्टिकरण, यी हुन् तीन मुख्य प्रश्न

ओलीले सोधे ११ जना सांसदलाई स्पष्टिकरण, यी हुन् तीन मुख्य प्रश्न
+
-

काठमाडौँ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना विरोधी प्रत्येक्षतर्फका सांसद माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल र बाँकी ९ जना समानुपातिक सांसदलाई स्पष्टिकरण पत्र पठाएका छन्।

ओलीले २४ घण्टे समयसीमा तोकेर तीन सांसदहरुलाई स्पष्टिकरण पत्र पठाएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

स्पष्टिकरण पत्रमा ओलीले आफूले विश्वासको मत लिनेक्रममा पार्टीको ह्वीप किन उल्लंघन गरेको हो? भन्ने प्रश्न गरेका छन्।

नयाँ सरकार गठनका क्रममा विपक्षीलाई साथ किन दिएको भन्ने प्रश्न पनि पत्रमा समावेश गरिएको छ।

साथै बागमती प्रदेशको राष्ट्रियसभा सदस्यको निर्वाचनमा पार्टी ह्वीप किन उल्लंघन गरेको हो भन्ने प्रश्न पनि गरिएको छ।

आफूले सोधेको स्पष्टिकरणको जवाफ चित्तबुझ्दो नभएमा उनीहरुलाई पार्टीबाटै निष्काशन गर्ने तयारी ओलीले गरेका छन्।

यता नेपाल पक्षले नयाँ पार्टी खोल्ने तयारी गरेको छ। तर पार्टीबाट आफै निष्कनु भन्दा ओलीले नै निकालेको भन्ने सन्देश प्रवाह होस् भन्ने यो पक्षका नेताहरुले चाहेका छन्।

यो पक्षका नेता युवराज ज्ञवालीले भने, ‘अब ओलीसँगै बस्ने सम्भावना छैन। उनीसँग समर्पण गर्ने सम्भावना पनि छैन। अर्को पार्टीमा मिसिने सम्भावना पनि छैन। यसको अर्थ हामीले नयाँ पार्टी बनाउनु नै पर्छ। तर ओलीले निकाले भने त्यसमा सहज हुन्छ।’

नेपाल पक्षका २६ जनाले शुक्रबार विपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री स्वीकार गरी नयाँ सरकार निर्माणका लागि हस्ताक्षर गरेका थिए।

तर ओलीले ती मध्ये ११ जनालाई मात्रै स्पष्टिकरण सोधेका हुन्।

पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले केही सांसदहरुले आफ्नो हस्ताक्षरको दुरुपयोग भएको भनेको र केहीले नेता नेपाललाई प्रधानमन्त्री बनाउने भनेकाले हस्ताक्षर गरेको भनेकाले उनीहरुलाई थप सोधपुछ गरेपछि मात्रै स्पष्टिकरण सोध्ने बताएका छन्।

बागमती प्रदेशको राष्ट्रियसभा सदस्यको निर्वाचनमा नेपाल पक्षले ओली निकट बादललाई हराउन विपक्षीको साथ लिएको थियो। वैशाख २७ गते ओलीले विश्वासको मत लिनेक्रममा यो पक्षका २८ जना सांसदहरु संसदमा अनुपस्थित थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?