हुम्लाका ६ वटा गाउँपालिकामा फैलियो कोरोना संक्रमण

हुम्लाका ६ वटा गाउँपालिकामा फैलियो कोरोना संक्रमण
+
-

सिमकोट– हुम्लाका ६ वटा गाउँपालिकामा कोरोना संक्रमण फैलिएको छ।

वैशाख १९ गतेयता एउटा गाउँपालिकाबाट हुम्ला जिल्लामा कोरोना संक्रमणको दोस्रो रुपमा देखिन सुरु भएयता यो संक्रमण ६ वटामा फैलिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले जानकारी दिए।

परीक्षण नभएर कोरोना नदेखिएको खार्पुनाथ गाउँपालिकामा परीक्षणसँगै चार जना संक्रमित देखिएको स्वास्थ्य संयोजक बलिराज शाहीले बताए।

पैदल मार्गबाट मानिसको आउजाउ नरोकिएका कारण पनि यी गाउँपालिकामा कोरोना फैलिएको हो।

कोरोना संक्रमित देखिएकामध्ये धेरै जिल्ला बाहिरबाट आएका वा बाहिरबाट आएका मानिसका घरका व्यक्तिलाई कोरोना देखिएको छ। यी ६ वटा गाउँपालिकामा तीन हप्तायता संक्रमितको संख्या १०३ पुगेको छ।

चंखेली गाउँपालिकामा कोरोना संक्रमितको संख्या २५ छ।

जिल्ला अस्पतालमा आइतबार गरिएको परीक्षणमा दुई जना थपिएपछि कुल संक्रमितमध्ये सिमकोट गाउँपालिकामा संक्रमितको संख्या २३ जना पुगेको छ। सर्केगार्ड गाउँपालिकामा १४ जना, अदानचुली गाउँपालिकामा आठ जना र ताँजाकोट गाउँपालिकामा २९ जनामा पुष्टि भएको छ।

अस्पतालका बिरामीमध्ये एक जना श्वासप्रश्वासमा समस्या आएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको थियो।

अब जिल्लाका ६ वटा गाउँपालिकाका होम आइसोलेसन र सदरमुकाम सिमकोटस्थित रानीवनको आइसोलेसन वार्डमा गरी ७९ जना रहँदै आएका छन्।

उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ। हालसम्म सिमकोट ताजाँकोटका गरी २४ जना कोरोना जितेर घर फर्किसकेका छन्।

कोरोनाको दोस्रो लहर नेपालगञ्ज र सुर्खेतबाट आएका आठ जना यात्रुको सिमकोट विमानस्थलमा कोरोना परीक्षण गर्दा पहिलो पटक वैशाख १९ गते पुष्टि भएको थियो।

त्यसयता दैनिक रूपमा स्वास्थ्य सेवा कार्यालयले कोरोना परीक्षण गर्दा बिरामी संख्या बढिरहेको जनाएको छ। जिल्लाको दक्षिणी क्षेत्रका गाउँपालिकामा कोरोना फैलने दर तीव्र रूपमा वृद्धि भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?