
सिमकोट– नेपाल विद्यार्थी संघ हुम्लाले आइतबार साँझ राँके जुलुस प्रदर्शन गरेर विरोध जनाएको छ।
जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले चालेको संसद् विघटनको कदमलाई असंवैधानिक भन्दै नेविसंघले विरोध प्रदर्शन गरेको हो।
संविधानलाई आफ्नो पेवाझैं सम्झेर मनलाग्दी गरेको भन्दै त्यसको विरोधस्वरूप राँके जुलुस प्रदर्शन गरेर विरोध जनाएको नेविसंघका सचिव विनोद लामाले बताए।
राष्ट्रपतिको असंवैधानिक कदम नसच्चिएसम्म आन्दोलन जारी राख्ने जानकारी दिँदै उनले मुलुक प्रतिगमनतर्फ लागेकोप्रति खेद प्रकट गरे।
नेविसंघका पूर्वकेन्द्रीय सदस्य अर्जुन महताराको नेतृत्वमा लोकतन्त्र चोकबाट काली चोकसम्म जुलुस प्रदर्शन गरेको थियो।
प्रदर्शनकारीले कालीचोकमा राष्ट्रपति तथा प्रधानमन्त्रीको तस्बिरसमेत जलाएका थिए।
जुलुसमा सरकारविरुद्ध नारा पनि लगाइएको थियो। आइतबार दिउँसो नेपाली कांग्रेस हुम्लाले प्रेस विज्ञप्ति निकालेर राष्ट्रपतिको उक्त कदमको विरोध जनाएको थियो।