कोरोना भाइरसको उत्पतिबारेको अध्ययन पारदर्शी बनाउन डब्लुएचओलाई अमेरिकाको सुझाव

कोरोना भाइरसको उत्पतिबारेको अध्ययन पारदर्शी बनाउन डब्लुएचओलाई अमेरिकाको सुझाव
+
-

अमेरिकाले कोरोना भाइरसको उत्पतिबारेको अनुसन्धान पारदर्शी बनाउन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई सुझाव दिएको छ ।

अमेरिकी स्वास्थ्य मन्त्री जेवियर बेसेरालेले कोरोना भाइरसको उत्पति र उत्दगम स्थलबारे हुने अबको चरणको अनुसन्धान थप पारदर्शी बनाउन डब्लुएचओसँग आग्रह गरेका हुन् ।

मन्त्रीस्तरीय डब्लुएचओको बैठकमा अमेरिकी स्वास्थ्य मन्त्री बेसेराले कोरोना भाइरसको स्रोतबारे अन्तर्राष्ट्रिय विज्ञहरुलाई अध्ययन तथा अनुगमनका लागि स्वीकृति प्रदान गरिनु पर्ने बताए ।

अमेरिकी सञ्चारमाध्यमहरुले गुप्तचर सूचनाहरुका आधारमा कोरोना भाइरसको उत्पती चीनको प्रयोगशालाबाट भएको र त्यहिँबाट चुहावट भएर विश्वव्यापी महामारीको रुप लिएको हुन सक्ने आशंकामा थप बल पुगेको दाबी गरिरहेका छन् ।

सन् २०१९ को अन्त्यतिर चीनको हुबेइ प्रान्तको वुहानमा पहिलोपटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । अहिलेसम्म विश्वभर १६ करोड ७० लाख भन्दा धेरै संक्रमित भएका छन् । कोभिड–१९ का कारण विश्वभर ३४ लाख ७२ हजार भन्दा धेरैको ज्यान गएको छ ।

गएको मार्चमा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताको अध्ययन प्रतिवेदन डब्लुएचओले सार्वजनिक गरेको थियो । सो प्रतिवेदनमा चीनको प्रयोगशालाबाट कोरोना भाइरसको उत्पति भएको हुन सक्ने सम्भावना अति न्यून रहेको उल्लेख थियो । तर डब्लुएचओले थप अध्ययनको खाँचो भने रहेको बताएको थियो ।

तर अमेरिकी गुप्तचर निकायको सूचनामा वुहानमा कोरोना भाइरसको संक्रमण सुरु हुने बेला तिर वुहान इन्स्टिच्युड अफ भाइरोलोजीका तीन कर्मचारीमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएको र उनीहरुले अस्पतालको सहायता लिनु पर्ने अवस्था आएको उल्लेख भएपछि आशंका बढेको छ ।

यो पनि पढ्नुहोस्

वुहानको प्रयोगशालाका अनुसन्धानकर्ता बिरामी परेको गुप्तचर सूचनाले कोरोना भाइरसको उत्पतिबारे बढायो आशंका

वुहानको प्रयोगशालाका अनुसन्धानकर्ता बिरामी परेको गुप्तचर सूचनाले कोरोना भाइरसको उत्पतिबारे बढायो आशंका

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?