अस्पतालका लागि कोरोनाविरुद्धका स्वास्थ्य सामग्री सहयोग

अस्पतालका लागि कोरोनाविरुद्धका स्वास्थ्य सामग्री सहयोग
+
-

सिमकोट – जिल्लामा कोरोना संक्रमण बढिरहेका बेला स्वास्थ्य सेवा कार्यालयमार्फत स्वास्थ्य सामग्री सहयोग गरिएको छ।

कोरोना संक्रमणविरुद्ध परिचालन हुने स्वास्थ्यकर्मी र संक्रमित बिरामीको उपचारमा सहयोग पुर्‍याउन ती स्वास्थ्य सामग्री सहयोग गरिएको हो।

केही सामग्रीको अभाव र जिल्लामा आवश्यकता देखिएको बेला कोरोना संक्रमणविरुद्धका स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए।

कोरोना संक्रमणविरुद्ध अत्यावश्यक सामग्री प्राप्त भएकाले यसले स्वास्थ्यकर्मी परिचालन र बिरामीलाई उपचारमा सहयोग पुग्ने उनले बताए।

शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको आधार विकास नेपालले कोरोना संक्रमणविरुद्ध प्रयोग हुने सामग्री स्वास्थ्य सेवा कार्यालयलाई सहयोग उपलब्ध गराएको सो कार्यक्रमका शिक्षा अधिकृत कुन्जोक लामाले बताए। आधार विकास नेपालले सहयोग उपलब्ध गराएका सामग्रीमा एक थान अक्सिजन कन्सन्ट्रेटर, केएन ९५ मास्क ५ सय पिस, ६ हजार थान सर्जिकल मास्क, नब्बे बोतल सेनिटाईजर, सर्जिकल ग्लोब ६ सय पिस, १० थान पीपीई सेटलगायत छन्।

त्यससँगै एक सय लिटर पेट्रोल पनि सहयोग उपलब्ध गरिएको छ। यी सामग्रीबाट उपचारमा सहयोग पुगोस र एकद्वार प्रर्णालीबाट उपचारका सामग्री वितरण गर्न कार्यालयलाई सहयोग गरिएको उनले बताए।

ती सामग्री जिल्ला कोरोना संक्रमण व्यवस्थापन कमिटीका संयोजक प्रमुख जिल्ला अधिकारी गणेश आचार्यमार्फत सहयोग उपलब्ध गरिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?