
काठमाडौँ – गरिब र द्वन्द्वबाट पीडितहरुको निःशुल्क उपचारमा संलग्न यमनमा रहेका भ्रष्टाचारविरोधी अभियन्ता डा. गोविन्द केसीले आफू नेपाल फर्कन हतारमा रहेको र आउने वित्तिकै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अभियानमा लाग्ने बताएका छन्।
यमनबाट आफ्ना एकजना पुराना मित्रलाई पठाएको सन्देशमा उनले ओलीलाई ‘अपराधी’ भन्दै ओली निरन्तर अपराधमा लिप्त रहेको बताएका छन्।
डा. केसीको उक्त सन्देश झापास्थित बी एण्ड सी मेडिकल कलेजलाई काठमाडौँ विश्व विद्यालयको सम्बन्धन दिने निर्णयपछि आएको छ।
डा. केसी भन्छन्, ‘उनको अतीत् निर्दोष व्यक्तिको हत्याबाट कलंकित छ, र अहिले सम्म दण्डहीनताबाट फाइदा उठाउँदै त्यस्तै आपराधिक कार्य निरन्तरता दिइरहेका छन् उनले। वस्तवमा त्यसलाई तिव्रता दिँदैछन् उनी।’
‘उडान सुरु हुनासाथ म स्वदेश फर्कनेछु र ओलीलाई दोषी ठहर गर्ने गरी अभियान सुरु गर्ने छु’, उनले भनेका छन्।