कर्मचारीलाई तलब बृद्धिसँगै केके सुविधा?

कर्मचारीलाई तलब बृद्धिसँगै केके सुविधा?
+
-

काठमाडौँ – सरकारले निजामती कर्मचारीको मासिक तलबमा दुई हजार रुपैयाँ वृद्धि गरेको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा विभिन्न तहमा कार्यरत सरकारी कर्मचारीको तलब २ हजार रुपैयाँले वृद्धि गरिएको हो।

साउन १ गतेदेखि लागू हुने गरी सरकारी कर्मचारीको तलब दुई हजार बढाइएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

अध्यादेशमार्फत ल्याइएको ०७८।७९ को बजेटमा हाल दिइएको महँगी भत्तालाई कायमै राखिएको छ।

०७६।७७ मा सरकारी कर्मचारीको तलब बढाएको थियो। सो वर्ष नायव सुब्बासम्म २० प्रतिशत र त्यसभन्दा माथि १८ प्रतिशत तलब बढाउने घोषणा भएको थियो।

समयानुकूल तलब भत्तामा समायोजन गर्दै जानुपर्ने भन्दै कर्मचारी युनियनले सरकारलाई दबाब दिइरहेका थिए।

निजामती कर्मचारीको तलबमान र अरू सेवा सुविधाबारे सुझाव पेस गर्न ‘पे कमिसन’ गठन गर्नेसमेत अर्थमन्त्रीले बताएका छन्।

कर्मचारीको १० लाखको सामूहिक दुर्घटना बिमा र एक लाखको स्वास्थ्य बिमाको प्रिमियम सरकारले व्यहोर्नेछ।

निजामती कर्मचारीलाई सहुलियत दरमा आवास सेवा प्रदान गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट सातै प्रदेशमा सामूहिक आवास निर्माण गर्नेसमेत अर्थमन्त्रीले बताएका छन् ।

बजेटमा निजामती कर्मचारीले तिर्ने सामाजिक सुरक्षा करको ५० प्रतिशत निजामती अस्पतालको पूर्वाधारका लागि दिने र अस्पतालमा निजामती कर्मचारीका लागि शय्या तोक्नुका साथै ‘डेडिकेटेड सेवा’ सुरु गर्नेसमेत बजेटमा उल्लेख छ।

निजामती कर्मचारीका सन्ततीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न निजामती विद्यालय सञ्चालन गर्ने र भएका विद्यालयलाई स्तरोन्नति गर्ने अर्थमन्त्रीले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?