हुम्लाका अधिकांश संक्रमितमा छैन कोरोनाको लक्षण

हुम्लाका अधिकांश संक्रमितमा छैन कोरोनाको लक्षण
+
-

सिमकोट – कोरोनाको दोस्रो लहर चलेयताका अधिकांश कोरोना संक्रमितमा लक्षण देखिएको छैन। एन्टिजेन किटबाट कोरोना परीक्षण गर्दा कोरोना पुष्टि भए पनि दश दिन आइसोलेसनमा बस्ने क्रममा बिरामीको उक्त अवस्था देखिएको हो।

कोरोना परीक्षण गर्दा संक्रमित पुष्टि भएका हुम्ला जिल्लाका अधिकांश बिरामी लक्षणबिनाकै रहेको जिल्ला अस्पतालबाट कोरोना बिरामीको उपचारमा संलग्न चिकित्सक टासी आङ्जु लामाले जानकारी दिए।

कोरोना पुष्टि भएर आइसोलेसनमा बस्दै आएका संक्रमित नौदेखि १० दिनमा घर फर्किएको र आइसोलेसन बसाइको अवधिमा उनीहरूमा कुनै पनि कोरोनाको लक्षण नदेखिएको उनले बताए।

हुम्ला जिल्लाका सात वटै गाउँपालिकामा एन्टिजेन किटबाट एक हजार एक सय १२ जनालाई परीक्षण गर्दा १६५ जनालाई कोरोना पुष्टि भएको थियो। त्यसमा १४५ जना बिना लक्षणका थिए। कोरोना पुष्टि भएकामध्ये ६ जनालाई अक्सिजन आवश्यक परेको र १५ जनालाई सामान्य रुघाखोकी, ज्वरो आउने समस्या देखिएको डा. लामाले बताए।

बाँकी सबैलाई कोरोना पुष्टि भए पनि कुनै लक्षण नै नदेखिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ।

हुम्लाका सातमध्ये ६ वटा सिमकोट, खार्पुनाथ, सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकामा कोरोना संक्रमित देखिएका छन्।

श्वासप्रश्वासमा एक जनालाई समस्या देखिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको थियो।

हाल आइसोलेसन तथा होम आइसोलेसनमा ७५ जना र ९० जना सञ्चो भएर घर फिर्ता भएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?