मध्यपुर ठिमीमा तीन महिनादेखि खुला ढलको ‘एम्बुस’

मध्यपुर ठिमीमा तीन महिनादेखि खुला ढलको ‘एम्बुस’
+
-

भक्तपुर– भक्तपुरको मध्यपुर थिमी नगरपालिका–२ स्थित मुनाल मार्गमा अपूरो छाडेको ढलमा खसेर एक बालक घाइते भएका छन्।

स्थानीय दीपकराज घिमिरेका ७ वर्षीय छोरा दीक्षान्त खुला ढलमा खस्दा घाइते भएका हुन्।

ढलमा खसेलगत्तै उद्धार गरिएकाले कुनै अप्रिय घटना हुन नपाएको अभिभावक घिमिरेले जानकारी दिए।

उनका अनुसार बाटोमा बच्चा रोएको सुनेपछि उनकी आमा र छोरीले छिमेकीहरूलाई हारगुहार गरेका थिए। बालक बाहिर निस्केका बेला एक्कासि ढलमा खस्न पुगेको परिवारले जानकारी दियो।

घिमिरेले वडाध्यक्षलाई उक्त ढल निर्माण पूरा गर्न पटक–पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको गुनासो गरे। उनका अनुसार उक्त ढल तीन महिनादेखि खुला छाडिएको छ।

‘ढल ३ महिनादेखि खुला छाडिएको छ । सर्वसाधारणलाई आवतजावत गरिरहनुपर्छ’, घिमिरेले भने, ‘ढल खुला भएकाले दुर्घटना हुनसक्ने भन्दै काम पूरा गर्न वडाध्यक्षलाई पटक–पटक भन्दा पनि कसैले सुनेन।’

वडाध्यक्ष राम थापामगरले नगर प्रमुख मदनसुन्दर श्रेष्ठले रकमान्तरमा सदर नगर्दा ढल निर्माण अधुरो हुन पुगेको बताए।

 

मेयर श्रेष्ठकहाँ उक्त योजनाको रकमान्तरण सदर गर्न ३ महिनादेखि धाउँदाधाउँदै आफैँ आजित भइसकेको वडाध्यक्ष थापा बताउँछन् ।

उनका अनुसार भक्तपुर–काठमाडौं पुरानो बाटोको सानोठिमीस्थित प्रहरी बिटदेखि दक्षिण करिब एक किलोमिटरको मिलन मार्गमा ढल बिछ्याउने कार्य अघि बढाइएको थियो।

सुरुमा वडा बजेटबाट ४० लाख रुपैयाँ र उपभोक्ताको साझेदारीमा करिब ६ सय मिटर बाटोमा ढल बिछ्याइएको वडाध्यक्ष थापामगरले जानकारी दिए।

‘बाँकी ४ सय मिटर सडकमा ढल बिछ्याउन वडाकै अर्को योजनाको ४० लाख रुपैयाँ रकमान्तरण गर्ने वडा समितिले निर्णय गरेर नपामा पठाएका थियौं’, उनले भने, ‘तर मेयरज्यूले वडाको निर्णय सदर गर्नुभएन । नगपालिकाको बोर्ड बैठक आह्वानसमेत नगर्दा ३ महिनादेखि योजना अलपत्र पर्न गएको हो ।’

उक्त योजना अधुरो छाडेको भन्दै ३ महिनाअघि नै स्थानीयले वडा कार्यालय घेराउ गरेका थिए। उक्त क्षेत्रमा ढल निकास नभएकाले स्थानीयले आफ्नोतर्फबाट गर्नुपर्ने निश्चित प्रतिशतभन्दा बढी योगदान गर्नेभन्दा पनि नगर प्रमुखले उक्त योजनालाई अधुरै छाड्न बाध्य बनाएको वडाध्यक्ष थापामगरले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?