
सिमकोट – कोरोना संक्रमित श्रीमतीको उपचार गर्न नआएको भन्दै हुम्लामा एक जना शिक्षकले गाउँपालिकाका स्वास्थ्य संयोजकमाथि हातपात गरेका छन्।
संक्रमित महिला होम आइसोलेशनमा बसेको र दैनिक बिरामी भेट्न नआएको भन्दै स्वास्थ्यकर्मीमाथि हातपात भएको हो।
चंखेली गाउँपालिकाका स्वास्थ्य संयोजक कालीबहादुर बुढालाई शिक्षक अम्रित रोकायाले हातपात गरेका हुन्।
दिनहुँ उपचार गर्न किन नआएको भन्दै आफूमाथि शिक्षक रोकायाले हातपात गरेको उनले बताए।
बुढालाई देख्ने बित्तिकै उनीमाथि हातपात भएको स्वास्थ्यकर्मी सरिता बोहराले बताइन्।
घटनाका बारेमा जानकारी आएको र प्रहरीलाई सत्य तत्थ्य बुझ्न पठाएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए।