बजार अनुगमनः झण्डै एक लाख रुपैयाँ बराबरका म्याद गुज्रेका खाद्यबस्तु नष्ट

बजार अनुगमनः झण्डै एक लाख रुपैयाँ बराबरका म्याद गुज्रेका खाद्यबस्तु नष्ट
+
-

सिमकोट– हुम्लामा निषेधाज्ञाकाबीच बजार अनुगमनका क्रममा भेटिएका म्याद गुज्रेका खाद्य सामाग्री नष्ट गरिएको छ। अनुगमनका क्रममा भेटिएका खाद्य वस्तु उपभोगका लागि समय सीमा नाघेको कारण नष्ट गरिएको हो।

बजारमा अनुगमन गर्दा म्याद गुज्रेका खाद्यवस्तु तथा जङ्क फुड बरामद गरेर नष्ट गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख ध्रुव डाहा मगरले बताए।

बजार क्षेत्रका अधिकांश पसलहरुमा पेय पदार्थ, चाउचाउ, बिष्कुट, चकलेट, मसला, चिउरा, भुजा, हर्लिक्स लगायतका २६ प्रकारका सामाग्री बरामद भएको र ती सबै पोलेर नष्ट गरिएको उनले बताए। एक लाख मूल्य बराबरका सामाग्रीहरु नष्ट भएको उनले जानकारी दिए।

बजार अनुगमन समितिले दुई दिन लगाएर सो कार्य गरेको थियो।

हुम्लामा अनुगमन नहुँदा म्याद गुज्रेका दैनिक उपभोग्य बस्तु, पेय पदार्थ र जंङ्क फुड उपभोग गर्न उपभोक्ता बाध्य थिए। यस्ता सामाग्री बिक्री गर्ने व्यापारीहरुलाई यो अनुगमनले गतिलो सबक सिकाएको उद्योग वाणिज्य संघका उपाध्यक्ष राम बहादुर भण्डारीले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?