खाना बाँड्दै, खुसी साट्दै’ अभियानसँगै राहत वितरण

खाना बाँड्दै, खुसी साट्दै’ अभियानसँगै राहत वितरण
+
-

काठमाडौँ – सरकारले जारी गरेको निषेधाज्ञाका कारण ज्यालादारी गरेर छाक टार्दै आएका ३ सयभन्दा बढी श्रमिक, अपांग, अशक्त र वृद्धवृद्धालाई दैनिक खाना वितरण गर्दै आएका शीतलप्रसाद शर्माले राहतसमेत प्रदान गरेका छन्।

कोरोना कहरका कारण समस्यामा परेकाहरूलाई २० केजी चामल, २ केजी नुन, ५ केजी दाल र ३ लिटर तेलका दरले बिहीबारबाट ३ सयभन्दा बढी परिवारका लागि राहत वितरण गरेका हुन्।

निषेधाज्ञा सुरु भएसँगै लाइन्स क्लब अफ काठमान्डु ग्लोबल फ्रेन्डका चार्टर प्रेसिडेन्ट यस सामाजिक अभियानमा शर्माले निजी सवारी साधन प्रयोग गरेर काठमाडौंका विभिन्न स्थानमा पुगी निःशुल्क खाना वितरण गरिरहेका छन्।

रोगसँगै भोकले चाहिँ कसैको ज्यान नजाओस् भन्ने उद्देश्यसाथ अभियान सञ्चालन गर्दै आएको शर्माले बताए।

उनले भने, ‘कोभिड–१९ महामारीको दोस्रो लहर सुरु भएसँगै दैनिक ३ सयभन्दा बढीलाई निःशुल्क खाना वितरण गर्दै आएको छु। र, बिहीबारबाट राहतसमेत वितरण सुरु गरेका छौँ।’ राहत वितरणका लागि कोटेश्वरस्थित ‘सदस्य सेवा बचत तथा ऋण सहकारी संस्था’ले प्रायोजन गरेको छ।

त्यसका साथै निःशुल्क खाना तथा राहत वितरण निषेधाज्ञाभरि चलिरहने लाइन्स क्लबका अध्यक्ष शर्माले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?